आज पोखराका १५ स्थानमा खोप लगाइँदै

- (कहाँ–कहाँ लगाउने खोप ? हेर्नुहोस, खोप लगाउने केन्द्रहरु)


     एभरेस्ट आवाज    
     माघ १० गते २०७८ मा प्रकाशित




पोखराको विभिन्न स्थानमा आज (सोमबार) देखि खोप लगाइँदैछ।

पोखराको १५ स्थानबाट आज (सोमबार) र भोली (मंगलबार) खोप वितरण हुने पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ।

पोखरा महानगरपालिका महाशाखाको व्यवस्थापनमा पोखराको विभिन्न स्थानमा कोभिड–१९ विरुद्धको खोप अभियान संचालन गर्ने महाशाखाले जनाएको हो।

महाशाखाले एक सूचना जारी गर्दै आज सोमबार पोखराका १५ स्थानबाट पहिलो र दोश्रो मात्रा खोप वितरण हुने जनाएको छ।

महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार जनसन, एष्ट्राजेनेका, कोभिशिल्ड र भेरोसिलको पहिलो खोप लगाएकालाई दोश्रो डोज खोप दिइनेछ। यस्तै, एक पटक पनि खोप नलगाएकाहरुलाई खोप दिइने भएको छ।

यसैगरी, मंगलबार पोखराका २ स्थानमा खोप वितरण हुँदैछ। मंगलबार हेमजा स्वास्थ्यचौकी हेमजा र पोखरा स्वास्थ्य चौकी पुम्दीबाट खोप वितरण हुने महाशाखाले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।