सांकेतिक तस्बिर ।
नेपाल प्रहरीले टेलिकमको तार चोरी गर्ने पाँचलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजु तथा महानगरीय प्रहरी प्रभाग धर्मस्थलीबाट खटिएको प्रहरी टोलीले तारकेश्वर नगरपालिका–६ लोलाङ हाइटस्थित पोलमा राखिँदै गरेको तार चोरी गर्ने पाँचलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा बझाङका २३ वर्षीय प्रेमबहादुर बोहरा, कैलालीका २५ वर्षीय नमेश बुढा, कैलालीका २४ वर्षीय गोविन्द साउद, काभ्रेपलाञ्चोकका ३० वर्षीय प्रविन कार्की र गोरखाका १८ वर्षीय एक किशोर रहेका छन् । उक्त स्थानमा टेलिकमको तार चोरी भएको सूचनाका आधारमा धर्मस्थली र बालाजुबाट खटिएको टोलीले प्रदेश नम्बर ३ –०१–०२३ च.४३०१ नम्बरको हात्ति गाडी जङ्गलतर्फ गइरहेको अवस्थामा उनीहरुलाई टेलिकमको तारसहित पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरुसँग तार काट्न प्रयोग गरिएको विभिन्न औजारहरु र एक हजार ४०० मीटर कालो टेलिफोनको तार बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







