अन्नपूर्ण गा.पा.मा ३ महिने नेपाली साङ्केतिक भाषा तालिम सुरु


     एभरेस्ट आवाज    
     माघ १० गते २०७८ मा प्रकाशित




अन्नपुर्ण गाउँपालिकाको आयोजनामा र अन्नपुर्ण बहिरा संघको समन्वयमा बहिरा अपाङ्गता भएका ब्यक्तिहरुको लागि ३ महिने नेपाली साङ्केतिक भाषा तालिम सुरू भएको छ।अन्नपुर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलको प्रमुख आतिथ्यता र अपाङ्गताको क्षेत्रमा कार्यरत बिभिन्न संस्थाहरुको उपस्थितीमा उक्त तालिमको उद्घाटन गरिएको हो। तालिममा ३० जना बहिरा अपाङ्गता भएका ब्यक्तिहरुको शसहभागिता रहेको छ ।

कार्यक्रममा बोल्दै अन्नपुर्ण बहिरा संघका अध्यक्ष बिश्वामित्र भित्रकोटीले साङ्केतिक भाषा तालिमको आवस्यकता र तालिमको महत्व माथि प्रकाश पारेका थिए । कार्यक्रममा मन्तव्य राख्ने क्रममा गण्डकी बहिरा संघका पुर्व अध्यक्ष जमान सिंह गरुङ्ले साङ्केतिक भाषाको अभावमा बहिरा अपाङ्गता भएका व्यक्तिहरुको सञ्चारमा पहुँच पुग्न नसक्ने र त्यसले उनिहरुको जिवन अन्धकारमय हुने बताए । उनले आगमी वर्षहरुमा यस्ता तालिमहरु वडा स्तरसम्म नै पर्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रमको सफलताको शुभाकामना व्यक्त गर्ने क्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले नेपालको संबिधान, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार ऐन लगायत अन्य कानुनहरुले ब्यवस्था गरेअनुरुप अपाङ्गता भएका व्यक्तिहरुले प्राप्त गर्न कठिन हुनेगरेको कुरा ब्यक्त गर्दै अन्नपुर्ण गाउपालिकाले बहिरा अपाङ्गता भएका व्यक्तिहरुको सञ्चारलाई मद्दत पुग्ने गरी गरेको यस कार्यको प्रशंसा समेत गरे ।

बहिराहरुको बिकासको लागि साङ्केतिक भाषा पहिलो सर्त हुने र भाषा जानेपछि मात्र अरु कार्यहरु गर्न सहज हुने भएकाले पहिले भाषाको ज्ञान भएपछि बिस्तारै अन्य सिपमुलक तालिमहरु लिन सहज हुने भएकोले यो तालिम बास्तवमै महत्वपुर्ण भएको र तालिमलाई सफल बनाउन आफुले सक्दो प्रयास गर्ने तालिमका प्रशिक्षक ज्ञानबहादुर भित्रकोटीले प्रतिबद्धता जनाए ।

कार्यक्रमका प्रमुख अतिथि अन्नपुर्ण गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत शेषकान्त पौडेलले कोभिडको कारण गत वर्ष बिनियोजित रकम खर्च गर्न नसकिएको जानकारी गराउँदै अपाङ्गता लक्षित कार्यक्रमहरु कार्यन्वयनको लागि सम्वन्धित निकायसंग समन्वय गर्दै पालिकाको सबै लक्षित समुदाय सम्म कार्यक्रम पुग्ने गरि कार्य गर्न आफु प्रतिवद्ध रहेको जानकारी गराए र

अन्नपुर्ण गाउँपालिका वडा नं १० का वडा अध्यक्ष कुमार प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्धाटन समारोह साहायक महिला विकास निरिक्षक श्री निर्मला कुँवरले सञ्चालन गर्नुभएको थियो भने सञ्चार अनुबादका लागि नेपाली सांकेतिक भाषाका दोभाषे श्री सुनिता राना मगरले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।