व्यासका मेयर र उपमेयरलाई नै कोरोना संक्रमण, नगरपालिकाको सेवा माघ १४ गतेसम्म बन्द


     एभरेस्ट आवाज    
     माघ ११ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

तनहुँको व्यास नगरपालिकाका नगरप्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) सहित केही कर्मचारीलाई कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएपछि नगरपालिकाको ४ दिनका लागि सेवा बन्द गरिएको छ।

व्यास नगरपालिकाले सोमबार साँझ प्रेस विज्ञप्ती जारी गरि नगरपालिकाका मेयर र उपमेयर सहित अन्य केही कर्मचारी समेत कोभिड संक्रमित भएको कारण नगरपालिकाको अत्यावश्यक बाहेकका अन्य सेवा माघ ११ गतेदेखी १४ गतेसम्म बन्द गरिएको जनाएको छ।

माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको लागि मतदाताहरुले पीसीआर परीक्षण गर्नु पर्ने निर्वाचन आयोगको परिपत्रको आधारमा व्यास नगरपालिकाको पीसीआर ल्याबमा परीक्षण गर्दा मेयर र उपमेयरमा कोभिड–१९ संक्रमण पुष्टि भएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।