अब, बागलुङका एम्बुलेन्समा जीपीएस जोडिने


     एभरेस्ट आवाज    
     माघ ११ गते २०७८ मा प्रकाशित




कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लामा पहिलोपटक एम्बुलेन्सको खोजी सुरु भएको छ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्लाभर रहेका एम्बुलेन्सको तथ्यांक निकालेर नियमित अनुगमन गर्ने निर्णय गरेको छ।

बागलुङमा अहिलेसम्म १३ वटा एम्बुलेन्स रहेको तथ्यांक छ। ती सबै एम्बुलेन्सलाई जीपीएस प्रविधि जोड्नेसमेत बैठकले निर्णय गरेको छ। यस्तो निर्णयपछि एम्बुलेन्सको दुरुपयोग रोकिने विश्वास छ। संक्रमण बढ्दै जाँदा बिरामी ओसार्न समस्या हुने तर खोजेको बेला एम्बुलेन्स फेला नपर्ने समस्या हुने गरेको छ। त्यो अवस्था आउन नदिन जीपीएस जोडेपछि सजिलै खोज्न र देख्न सकिनेछ।

यस्तै, तमानखोला गाउँपालिकाले संचालन गर्न लागेको एम्बुलेन्स सेवालाई पनि अनुमति दिने निर्णय भएको छ। बुंगादोभानमा रहने गरी एम्बुलेन्स संचालन गर्न माग आएकोले बैठकले निर्णय गरेको हो। यो निर्णयले एम्बुलेन्स संचालन चुस्त र प्रभावकारी हुने बैठकका सहभागीहरुको विश्वास छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।