अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाले शासन सत्ता हातमा लिएको दावी गरेको छ । बुर्किना फासोका राष्ट्रपति रोज काबोरेलाई अपदस्थ गरी सत्ता कब्जा गरेको सेनाको दावी छ ।
सेनाका एक उच्च अधिकारीले टेलिभिजनमार्फत सन्देश दिँदै देशको सुरक्षा अवस्था बिग्रंदै गएको भन्दै सत्ता लिएको जनाएको हो । बुर्किना फासोमा पछिल्लो समय इस्लामबादी विद्रोहीलाई संरक्षण दिएको आरोप लगाउँदै देशमा अशान्ति सिर्जना गरेको सेनाको दाबी छ ।
यद्दपी राष्ट्रपति रोज पक्राउ परे वा सुरक्षित स्थानमा छ भन्ने बारेमा कुनै स्पष्ट पारिएको छैन ।राष्ट्रपतिले देशको सुरक्षा संकटसँग जुध्न पूरै असफल भएको र राष्ट्रलाई एकताबद्ध गर्न भूमिका निर्वाह नगरेको आरोप लगाउँदै अब राष्ट्रको हितका लागि सेनाले थप कदम चाल्ने दावी समेत गरेको छ ।
सेनाले सत्ता हातमा लिनु अघि राजधानी ओउगाडौगुमामा रहेको केही ब्यारेकहरु कब्जा गर्दा बन्दुकको आवाज सुनिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । राष्ट्रपति काबोरे सन् २०१५ मा बुर्किना फासोको राष्ट्रपति बनेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







