म्याग्दीमा चिकित्सकसहित ४६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
बेनी अस्पताल र अन्य स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
बेनी अस्पतालका ४१ स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना संक्रमण भएको छ। ४ जना मंगलबार आइसोलेसन मुक्त भएका छन्। अस्पतालमा कार्यरत ७ चिकित्सकमध्ये ४ जनामा कोरोना संक्रमण भएको छ। बेनी अस्पतालमा हाल ३७ जना सक्रिय कोरोना संक्रमित रहेको अस्पताल व्यवस्थापन समितिले जानकारी दिएको छ।
स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना संक्रमण भएपछि बेनी अस्पतालमा ओपिडी सेवा बन्द गरिएको छ। सेवा लिन आउने सर्वसाधारणमा अस्पतालबाटै कोरोना संक्रमण फैलनसक्ने भएपछि गत आइतबारदेखि एक साताका लागि ओपिडी सेवा बन्द गरी आकस्मिक सेवाबाट मात्रै उपचार सेवा दिइएको छ।
अस्पतालको ओपिडी सेवा बन्द भएपछि आकस्मिक कक्षको सेवासँगै फिवर क्लिनिकसमेत संचालन गरेर उपचार जाँच र उपचार गर्ने प्रबन्ध मिलाइएको छ। आगामी शुक्रबारसम्मको अवस्थालाई दृष्टिगत गरी ओपिडी सेवाको निर्णयमा पुग्ने अस्पतालले जनाएको छ।
बेनी अस्पतालमा म्याग्दीको साथै पर्वतको जलजला गाउँपालिकाबाट समेत सर्वसाधारण उपचारका लागि आउने गरेका छन्। बेनी अस्पतालमा हाल १२५ जना कार्यरत रहेका छन्। हिँजो (मंगलबार)सम्म जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २३५ पुगेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







