आहा ! रारा फुटबलमा आज मच्छिन्द्र र एपीएफ पहिलो सेमिफाइनल भिड्दै


     एभरेस्ट आवाज    
     माघ १२ गते २०७८ मा प्रकाशित




पोखरा रंगशाला

पोखरामा जारी २० औं संस्करणको आहा ! रारा फुटबलमा आज मच्छिन्द्र फुटबल क्लब र विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच पहिलो सेमिफाइनल खेल हुँदैछ ।

खेल दिउँसो २ः३० बजे सुरु हुनेछ। आज दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ। यस खेलको विजेताले फाइनलमा मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

मछिन्द्रले साविक विजेता संकटा क्लबलाई ४–१ गोल अन्तरले हराएर एपीएफसँगको भेट पक्का गरेको हो। मछिन्द्र पहिलो पटक सेमिफाइनलमा पुगेको हो।

एपीएफले बीवाईएससी मिनेसोटा युएसएलाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार पाउनेछ। यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।