सुदूरपश्चिमबाट गठबन्धनका उम्मेदवार विजयी


     एभरेस्ट आवाज    
     माघ १२ गते २०७८ मा प्रकाशित




पोखरा । रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यमा आज भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट गठबन्धन दलका साझा उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला सदस्यतर्फ नेकपा (एकीकृत समाजवादी)का मदनकुमारी शाह (गरिमा), दलिततर्फ नेकपा (माओवादी केन्द्र)का जगत पार्की र अन्य समूहतर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र विजयी भएका छन् ।

महिलातर्फ विजयी शाहले तीन हजार ८३४ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)की सन्तोषी शर्मा थापाले एक हजार ७२८ मत पाए । यस्तै दलिततर्फको राष्ट्रियसभा सदस्य पदमा विजयी पार्कीले तीन हजार ७६२ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नरेश विकले एक हजार ७८२ मत पाए ।

यस्तै अन्य समूहतर्फका विजयी उम्मेदवार मिश्रले तीन हजार ७४४ मत पाए । उनका निकटतम एमालेका डिल्लीराज भट्टले एक हजार ८९६ मत प्राप्त गरे । धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा निर्वाचन भएको थियो ।

सो निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य ५२ र स्थानीयपालिका प्रमुख र उपप्रमुख १७५ जनाले मतदान गरेका थिए । मतदान भएको यो सङ्ख्या शतप्रतिशत हो । एक जना प्रदेशसभा सदस्यको मतभार ४८ र एक जना पालिका प्रमुख उपप्रमुखको मतभार १८ रहने कानूनी व्यवस्था छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।