गण्डकी कोरोना अपडेटः कास्कीको ३८५ सहित ७८० जनामा संक्रमण


     एभरेस्ट आवाज    
     माघ १३ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेशमा बुधबार ७८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेशअन्तर्गतका विभिन्न प्रयोगशाला एवं अस्पतालमा ४११ जनाको पीसीआर तथा ३७९ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य संचालन केन्द्रले जनाएको छ।

कास्कीका ३८५, स्याङ्जाका १०४, तनहुँका ८६, लम्जुङका ६५, नवलपरासी पूर्वका ४९, म्याग्दीका ४६, गोरखाका २३, वाग्लुङका २० र पर्वतका १२ जना कोरोना संक्रमित भएका हुन्। यस अवधिमा २१३ जना निको भएका छन्। प्रदेशभित्र होम आइसोलेसनमा रहनेको संख्या ५ हजार ९३५ रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।