पोखरा महानगरपालिकामा अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगित


     एभरेस्ट आवाज    
     माघ १३ गते २०७८ मा प्रकाशित




पोखरा महानगरपालिकाबाट प्रवाह हुदै आएका अत्यावश्यक बाहेक नियमित सेवाहरु स्थगित गरिएको छ ।

कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण पोखरा महानगरपालिकाका धेरै कर्मचारीमा देखिएपछि सेवाहरु स्थगित गरेको महानगरले जनाएको छ।

महानगरपालिकाले बुधबार विज्ञप्तीमार्फत कर्मचारीमा संक्रमणको कारण देखाउँदै माघ १६ गतेसम्मका लागि नियमित सेवा स्थगित गरिएको जानकारी दिएको हो। कर्मचारीहरु कोभिडसँग मिल्दोजुल्दो लक्षण देखा परेकाले थप जोखिम बढ्न सक्ने भन्दै सरसफाई, स्वास्थ्य तथा अत्यावश्यक सेवा बाहेकका नियमित सेवा स्थगन गरिएको विज्ञप्तिमा बताइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।