बागलुङ । बागलुङ कुश्मीशेरा सडकखण्डअन्तर्गत गलुवामा पहिरोले क्षति पु¥याएको सडक तत्काल मर्मत गर्न माग गर्दै बागलुङका जनप्रतिनिधिले मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका जनप्रतिनिधिले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ध्यानाकर्षण पत्र बुझाईएको हो ।
प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाको नेतृत्वमा प्रदेशसभा सदस्य सावित्रा राना, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, जैमिनी नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेल र एमाले बागलुङका नेता कृष्ण पाठकले ध्यानाकर्षणपत्र बुझाउन मुख्यमन्त्रीको कार्यालय पुगेका थिए ।
गलुवामा गत असार १ गतेको भीषण पहिरोले क्षति पुगेको सडक नगरपालिकाको स्रोतले मात्रै मर्मत गर्न नसकिने अवस्था भएपछि सडक मर्मतका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । असार १ गतेबाट बन्द भएको सडक लामो समय बन्द भएर अस्थायी रुपमा चलेको छ ।
वर्षायाममा सडक हुँदै पहिरो निरन्तर बगेपछि रोकथाम पहिलो आवश्यकता रहेको प्राविधिक समूहको भनाइ थियो । पहिरो नियन्त्रण र सडक मर्मतका लागि बागलुङ नगरपालिकाका इञ्जिनीयरहरुले रु तीन करोड ४३ लाख ६४ हजारको लागत तयार गरेका छन् । बागलुङ कुश्मीशेरा सडकको तीन ठाउँमा पहिरोले ठूलो क्षति पु¥याएको छ ।
कालीगण्डकी करिडोरको बागलुङ बलेवा खण्ड र त्यसको वैकल्पिक सडकमा पहिरोले क्षति पु¥याएको छ । ध्यानाकर्षपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले मागप्रति सकरात्मक रहेको प्रतिक्रिया दिए । योजना बनाएर काम थाल्ने आश्वासन दिनुभएका मुख्यमन्त्री पोखरेलले जनताको समस्यामा प्रदेश सरकार साथमा रहेको बताए । प्रदेश सरकारको स्रोत र साधनले भ्याएसम्म सडक मर्मत र पहिरो रोकथामको काम तत्काल थाल्ने उनको भनाइ थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







