स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका एक हजार बढीलाई न्यानो कपडा वितरण गरेको छ ।
नगरपालिकाले पहिलो चरणमा नगरका ९ वटै वडामा रहेका ७५ वर्ष उमेरभन्दा माथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता (रातो कार्ड) भएका नागरिकलाई न्यानो कपडा वितरण गरेको नगर प्रमुख छायाराम खनालले बताए ।
नगरपालिकाले पहिलो चरणमा लक्षित एक हजार नागरिकलाई सिरक उपलब्ध गराउने र दोस्रो चरणमा ७० वर्षभन्दा माथिका झण्डै एकहजार ज्येष्ठ नागरिकलाई पनि न्यानो कपडा उपलब्ध गराउने गरी बजेट विनियोजन गरिसकेको उनले बताए ।
पहिलो चरणका लागि नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको थियो । दोस्रो चरणका लागि पनि रु १० लाख बजेट विनियोजन गर्ने तयारी छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







