आहा ! रारा गोल्डकप ‘गेस एण्ड विन’ मा मनकुमारी काउसालाई पुरस्कार


     एभरेस्ट आवाज    
     माघ १३ गते २०७८ मा प्रकाशित




पोखरा । एभरेस्ट एफ.एम.९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा गोल्डकप ‘गेस एण्ड विन’का बुधबारका बिजेता पोखरा– १५ रामबजारकी मनकुमारी काउसा पुरस्कृत भएकी छन् ।

सहारा क्लव पोखराले सञ्चालन गरेको २० औं संस्करणको आहा ! रारा गोल्डकपमा मच्छ्रिन्द्र क्लव र विभागिय टोली एपीएफ क्लवविचको खेल कस्ले जित्ला ? भनि सोधिएको प्रश्नको अनुमानित सहि उत्तर दिनेहरुमध्यबाट गरिएको गोला प्रथामा विजेता घोषित भएकी काउसालाई बिहीबार खेलस्थल पोखरा रंगशालामा हिमश्री फुड्स प्रा.लि.का निर्देशक किरण केसीले पुरस्कृत गरेका हुन् ।

रेडियोद्वारा सञ्चालित आहा रारा गोल्डकप विशेष कार्यक्रममार्फत विजेता घोषित भएकी काउसालाई सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुन प्रदान गरिएको रेडियोका मार्केटिङ निर्देशक भोला कुमार श्रेष्ठले जानकारी दिए ।

बुधबारको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लव मच्छिन्द्र क्लवलाई ३–१ गोल अन्तरले स्तब्ध पार्दै फाइनल प्रवेश गरेको छ ।
यसैविच बिहीबारलागि सोधिएको प्रश्नको अनुमानित उत्तर दिनेहरुमध्यबाट भद्रकाली पोखराकी सिर्जना गिरी विजेता घोषित भएकी छन् । बिहीबारको खेल मनाङ मस्र्याङ्दीले जित्ने अनुमान गरेकी गिरी गोला प्रथामार्फत विजयी घोषित भएकी हुन् । उनलाई शनीबार खेलस्थल पोखरा रंगशालामा पुरस्कृत गरिने छ ।

बिहीबारको खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लवलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मनाङले फाइनलमा विभागिय टोली एपीएफसंगको भेट पक्का गरेको छ ।

अब आजको प्रश्न :
माघ १५ गते शनीबार हुने मनाङ मस्र्याङ्दी क्लव र विभागीय टोली एपीएफ क्लवविचको फाइनल खेल कस्ले जित्ला ? यसमा सहभागि हुन मनाङ मस्र्याङ्दी क्लवले जित्छ भन्ने लाग्नेले मोवाइलको म्यासेज बक्समा गई GOAL A टाइप गरि ३४००१ वा एपीएफ क्लवले जित्छ भन्ने लाग्नेले GOAL B टाइप गरि ३४००१ मा पठाउन सकिनेछ ।

अनुमानित सहि उत्तर दिनेहरु मध्यबाट गोलाप्रथा मार्फत एक जनालाई शनिबार साँझ साढे ७ बजे प्रशारण गरिने आहा ! रारा गोल्डकप विशेष कार्यक्रममा महाविजेता घोषणा गर्दै डिजिटल साउण्ड एण्ड भिजनको तर्फबाट ३२ इन्चको रोवा ब्राण्डको एन्ड्रोइड स्मार्ट टेलिभिजन पुरस्कार स्वरुप प्रदान गरिने एफएमले जनाएको छ ।

पुरस्कृतहरु :
यसअघि एफएमले अनुमानित सहि उत्तर दिने पोखरा–१३ उद्गममार्गका हर्कबहादुर गुरुङ, पोखरा – १५ का गलेश्वरका उम्मिद शाक्य र कास्कीको मादी गाउँपालिका–४, थुमाको डाँडाका सम्भुशरण सापकोटा, कास्कीको अन्नपूर्ण गाउँपालिका – ११ घान्द्रुकका भिम बहादुर मगर, निसीखोला ५ लिर्तुङ ,बागलुङका विरम बुढा मगर, पोखरा – ७ रत्नचोककी सरस्वती सुबेदीलाई पुरस्कार प्रदान गरिसकेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।