काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
तीन शीर्ष नेताबीच आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा चुनाव, ऐन संशोधन र समसामयिक राजनीतिका विषयमा नेताहरूबीच छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
यस्तै, आजको छलफलमा सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक भोलि बोलाउने सहमति भएको छ । सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचन केही पछि धकेल्ने विषयमा बहस हुँदै आएको छ ।
ऐनमा स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अगाडि नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने व्यवस्था छ भने संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गरे हुने उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल…






