विष्फोटमा तीनजना घाइते


     एभरेस्ट आवाज    
     माघ १५ गते २०७८ मा प्रकाशित




अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा भएको बम विष्फोटमा तीन जना घाइते भएको पजवोक अफगान समाचारले जनाएको छ। एक अधिकारीलाई उद्धृत गर्दै समाचार आउटलेटले शुक्रबार जनाएअनुसार प्रान्तको नाद अली जिल्लामा विष्फोटमा तीन जना सर्वसाधारण घाइते भएका छन्।

जनवरी २२ मा पश्चिमी अफगानिस्तानको हेरात शहरमा भएको विष्फोटमा कम्तिमा सात जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएका थिए । हेरात प्रान्तको राजधानी एम्ज्ञद्द मा एउटा मिनीबसमा बम विष्फोट भएको टोलो न्यूजले जनाएको छ।

मृत्यु हुनेमा कम्तीमा चार जना महिला पनि रहेको प्रतिवेदनमा उल्लेख छ। त्यसअघि पूर्वी नान्गाहार प्रान्तको लालपोरा क्षेत्रमा ग्यास ट्याङ्की विष्फोट हुँदा नौ बालबालिकाको मृत्यु हुनुका साथै चार जना घाइते भएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।