आहा ! रारा गोल्डकप ‘गेस एण्ड विन’ का महाबिजेता बने भण्डारढिकका पौडेल, बिहिबारका विजेता गिरी पुरस्कृत


     एभरेस्ट आवाज    
     माघ १५ गते २०७८ मा प्रकाशित




पोखरा । एभरेस्ट एफ.एम.९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा गोल्डकप ‘गेस एण्ड विन’को यसवर्षको महाविजेता’ पोखरा–२७ भण्डारढिकका समिर पौडेल घोषित भएका छन् ।

२० औं संस्करणको आहा ! रारा गोल्डकप सशस्त्र प्रहरीको एपीएफ क्लवले जित्ने अनुमान गरेका पौडेल महाविजेता बनेका हुन् । एफएमले राखेको मनाङ मस्र्याङ्दी क्लव र एपीएफ क्लवविचको खेल कस्ले जित्ला ? भन्ने प्रश्नको एसएमएस मार्फत अनुमानित उत्तर दिनेहरुमध्यबाट गरिएको गोलाप्रथा मार्फत महाविजेता बनेका पौडेललाई आइतबार एफएमको कार्यालय पोखरा – ५ पस्र्याङमा डिजिटल साउण्ड एण्ड भिजन न्यूरोडद्वारा प्रयोजित रोवा ब्राण्डको ३२ इन्चको एन्ड्रोइड स्मार्ट टेलिभिजन पुरस्कार स्वरुप प्रदान गरिने एफएमका निर्देशक दीपेन्द्र श्रेष्ठले बताए ।

एफएमले आहा !रारा गोल्डकप अवधीभर साँझ साढे ७ बजेबाट आहा रारा गोल्डकप विशेष सञ्चालन गर्दै सोही कार्यक्रम मार्फत विजेता घोषणा गर्दै आइरहेको थियो ।

शनिबारको फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लवलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै एपिएफले पहिलोपटक उपाधि चुम्दै इतिहास रचेको छ ।

यसैबिच आहा ! रारा गोल्डकप ‘गेस एण्ड विन’का बिहीबारका बिजेता पोखरा– १३ भद्रकालीकी सृर्जना गिरी पुरस्कृत भएकी छन् ।

सहारा क्लव पोखराले सञ्चालन गरेको २० औं संस्करणको आहा ! रारा गोल्डकपमा विभागिय टोली त्रिभुवन आर्मी क्लव र मनाङ मस्र्याङ्दी क्लवविचको खेल कस्ले जित्ला ? भनि सोधिएको प्रश्नको अनुमानित सहि उत्तर दिनेहरुमध्यबाट गरिएको गोला प्रथामा विजेता घोषित भएकी गिरीलाई शनिबार खेलस्थल पोखरा रंगशालामा गण्डकी प्रदेश खेलकुदमन्त्री राजिव गुरुङले पुरस्कृत गरेका हुन् ।

रेडियोद्वारा सञ्चालित आहा रारा गोल्डकप विशेष कार्यक्रममार्फत विजेता घोषित भएकी गिरीलाई सेभेन बी फोन जोन बुद्धविशाल बजारको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुन प्रदान गरिएको रेडियोका मार्केटिङ निर्देशक भोला कुमार श्रेष्ठले जानकारी दिए ।

बिहीबारको दोस्रो सेमिफाइनल खेलमा विभागीय त्रिभूवन आर्मी क्लवलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै मनाङ फाइनलको यात्रा तय गर्न सफल भएको थियो ।

पुरस्कृतहरु :
यसअघि एफएमले अनुमानित सहि उत्तर दिने पोखरा–१३ उद्गममार्गका हर्कबहादुर गुरुङ, पोखरा – १५ का गलेश्वरका उम्मिद शाक्य, कास्कीको मादी गाउँपालिका–४, थुमाको डाँडाका सम्भुशरण सापकोटा, कास्कीको अन्नपूर्ण गाउँपालिका – ११ घान्द्रुकका भिम बहादुर मगर, निसीखोला ५ लिर्तुङ ,बागलुङका विरम बुढा मगर, पोखरा – ७ रत्नचोककी सरस्वती सुबेदी र पोखरा– १५ रामबजारकी मनकुमारी काउसाले आहा रारा गोल्डकप गेस एण्ड विन मार्फत विजेता बन्दै पुरस्कार प्राप्त गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।