आहा ! रारा गोल्डकपका महाविजेतालाई बम्पर उपाहार


     एभरेस्ट आवाज    
     माघ १६ गते २०७८ मा प्रकाशित




पोखरा । एभरेस्ट एफ.एम.९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा गोल्डकप ‘गेस एण्ड विन’को यसवर्षको महाविजेता’ पोखरा–२७ भण्डारढिकका समिर पौडेललाई पुरस्कार हस्तान्तरण गरिएको छ ।

महाविजेता बनेका पौडेलले डिजिटल साउण्ड एण्ड भिजन न्यूरोडद्वारा प्रयोजित रोवा ब्राण्डको ३२ इन्चको एन्ड्रोइड स्मार्ट टेलिभिजन र रारा चाउचाउ एक कार्टुन पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।

एफएमको पोखरा–५ प्रस्याङस्थित कार्यालयमा एफएमका निर्देशक दीपेन्द्र श्रेष्ठ, मार्केटिङ निर्देशक भोलाकुमार श्रेष्ठ र डिजिटल साउण्ड एण्ड भिजन न्यूरोडका सञ्चालक आरभ श्रेष्ठले संयुक्तरुपमा पुरस्कार हस्तान्तरण गरेका हुन् ।

पुरस्कार ग्रहण गर्दै महाविजेता पौडेलले खुशीको सिमा नरहेको बताए । उनले भने, ‘मनाङले जित्छकी भन्ने लाग्दा लाग्दै पनि एपिएफको पक्षमा गेस एण्ड विनमा ३५ – ४० वटा एसएमएस गरेको थिए । नभन्दै जित्यो, भोट गरेकै टिमले जित्यो, झन रेडियोबाट तपाई महाविजेता बन्नुभयो भन्दै फोन गर्नुभयो अनि खुशीको सिमै भएन ।’

एफएमले राखेको २० औं संस्करणको आहा ! रारा गोल्डकपमा मनाङ मस्र्याङ्दी फुटबल क्लव र सशस्त्र प्रहरीको एपीएफ क्लव विचको फाइनल खेल कस्ले जित्ला ? भन्ने प्रश्नको एसएमएस मार्फत अनुमानित उत्तर दिनेहरुमध्यबाट गरिएको गोलाप्रथा मार्फत पौडेल महाविजेता बनेका बनेका हुन् ।

खेल अबधि भरि प्रत्येक दिन रेडियोले हुनेवाला खेलको सम्भावित नतिजा बारे प्रश्न सोध्दै सेभेन बि फोन जोन बुद्द बिशाल बजारबाट प्राप्त एक थान मोबाइल सेट पुरस्कार स्वरुप प्रदान गरेको थियो । यसअघि एफएमले अनुमानित सहि उत्तर दिने पोखरा–१३ उद्गममार्गका हर्कबहादुर गुरुङ, पोखरा – १५ का गलेश्वरका उम्मिद शाक्य, कास्कीको मादी गाउँपालिका–४, थुमाको डाँडाका सम्भुशरण सापकोटा, कास्कीको अन्नपूर्ण गाउँपालिका – ११ घान्द्रुकका भिम बहादुर मगर, निसीखोला ५ लिर्तुङ ,बागलुङका विरम बुढा मगर, पोखरा – ७ रत्नचोककी सरस्वती सुबेदी र पोखरा– १५ रामबजारकी मनकुमारी काउसा, पोखरा– १३ भद्रकालीकी सृर्जना गिरीले आहा रारा गोल्डकप गेस एण्ड विन मार्फत विजेता बन्दै पुरस्कार प्राप्त गरेका थिए ।

एफ.एम.ले एक बिज्ञप्ति प्रकाशित गर्दै सहयोगी, गेस एण्ड विनमा एस.एम.एस. मार्फत सहभागि श्रोता , रोवा टि.भि. प्रायोजक डिजिटल साउण्ड एण्ड भिजन न्यूरोड, मोबाइल प्रायोजक सेभेन बि फोन जोन बुद्द बिशाल बजार र आहा रारा गोल्ड कप आयोजक सहारा क्लब पोखरालाई सहयोग, सद्भाब र शुभेच्क्षाकालागि हार्दिक आभार ब्यक्त गरेको छ ।

एफ.एम. का अध्यक्ष कर्मकुमारी तमुले धन्यबाद ज्ञापन गर्दै यस्ता खेल प्रबर्द्दनात्मक अभियानमा आगामि दिनमा पनि एफ.एम.को निरन्तर सहभागिता रहने बताउनु भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।