आईतबार गण्डकीमा थप २८७ जनामा कोरोना संक्रमण हुदा ६२७ जना संक्रमणमुक्त


     एभरेस्ट आवाज    
     माघ १६ गते २०७८ मा प्रकाशित




पछिल्लो २४ घण्टामा गण्डकीका थप २८७ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ५४२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आइतबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १८७ जना, तनहुँका १० जना, लमजुङका तीन जना र नवलपुरका १७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका १४ जना, पर्वतका एक जना, बाग्लुङका ४५ जना, म्याग्दीका आठ जना र मुस्ताङ जिल्लाका दुई जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ।

आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९८ हजार ७२० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ६२७ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९० हजार ५५३ पुगेको छ। भने, अहिले प्रदेशभर ६ हजार ७३० सक्रिय संक्रमित छन् । आइतबार गण्डकीमा थप एक जनाको मृत्यु भएको छ।

मृत्यु पुष्टि हुनेमा तनहुँ जिल्ला व्यास नगरपालिका -११ निवासी ४० वर्षीय पुरुष छन्। योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४३७ पुगेको निर्देशनालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।