कोरोना संक्रमणबाट पोखरामा एक पुरुषको मृत्यु


     एभरेस्ट आवाज    
     माघ १६ गते २०७८ मा प्रकाशित




पोखरा ।

कोरोना संक्रमणबाट तनहुँका एक पुरुषको मृत्यु भएको छ । तनहुँको व्यास नगरपालिका – ११ का ४० वर्षिय पुरुषको कोरोना भाइरस संक्रमणबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

पोखरा स्वास्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनको उपचारकै क्रममा गत शुक्रबार राती ८ बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनमा गत माघ ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सहित हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ४३७ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।