ट्याङ्करको ठक्करबाट दुर्घटनाग्रस्त स्कुटर । तस्विर : दिलिप भण्डारी एभरेस्ट आवाज डटकम
पोखरा । पोखरामा मंगलबार राती तेल बोक्ने ट्याङ्करले ठक्कर दिँदा स्कुटरचालक गम्भीर घाइते भएका छन् ।
पोखराको जिरो किलोमिटर नजिकै तेल बोक्ने ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइते भएका हुन् ।
बाग्लुङबाट पोखरातर्फ आउँदै गरेको ना ७ ख ७३५ नम्वरको ट्याङ्करले पोखराको सिर्जनाचोकबाट जिरोतर्फ जाँदै गरेको ग ११ प ९१६९ नम्वरको हिरो ड्युट स्कुटरलाई ठक्कर दिएको हो । जिरोकिलोमिटर स्थित दुरान रेष्टुरेन्ट नजिकै दुर्घटना भएको हो । घटनाका प्रत्यक्षदर्शीका अनुसार स्कुटर चालकको टाउको र घुडामा गम्भीर चोट लागेको छ । यस्तै स्कुटर पनि क्षतविक्षत भएको छ ।
गम्भीर भएका स्कुटरचालकलाई उपचारका लागि गण्डकी मेडिकल हस्पिटल नयाँबजार पठाइएको प्रहरीले जनाएको छ । हालसम्म स्कुटरचालकको पहिचान खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीले ठक्कर दिने ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।



सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







