गण्डकी । पछिल्लो २४ घण्टामा गण्डकीका थप ३८२ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ७७५ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । बुधबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ११ जिल्लाका छन् ।
जसअन्तर्गत कास्कीका १३३ जना, तनहुँका ५३ जना, गोरखाका १७ जना लमजुङका ६८ जना र नवलपुरका नौ जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका ३७ जना, पर्वतका पाँच जना, बाग्लुङका २३ जना, म्याग्दीका ३४ जना, मुस्ताङ्गका एक जना र मनाङ जिल्लाका दुई जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ।
आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९९ हजार ९६४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ६९७ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९२ हजार ५७८ पुगेको छ। भने, अहिले प्रदेशभर ५ हजार ९४७ सक्रिय संक्रमित छन् । गण्डकीमा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या १४३९ रहेको निर्देशनालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







