बागलुङ । बागलुङको निसीखोला गाउँपालिका वडा. ४ का अति विपन्न घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । उक्त स्थान स्थाई ठेगना भई हाल बुटवल बसोबास गर्दै आएका समाजसेवी भुपाल रेग्मीले वडा भित्रका २८ गरिव तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका हुन् ।
कोरोना भाईरसको तेस्रो भेरिएन्ट ओमिक्रोनको प्रभावले कामको अवसर नपाएका कारण दैनिक आयआर्जनमा समस्या परेकोले परिवारको आवश्यकता धन्न धौधौ परेको परिवारको अवस्थालाई मध्यनजर गर्दै उक्त राहत वितरण गरिएको रेग्मीले बताए ।
उनका अनुसार राहत स्वरुप प्रत्यक परिवारलाई दाल,चामल,चिनी लगाएत गरि करिव ६५ हजार बरावरको खाद्यान्न वितरण गरिएको हो । प्राप्त भएको राहतले केहिदिनको लागि भएपनि आफ्नो आवश्यकतामा राहत पुगेको भन्दै उनीहरुले खुसि व्यक्त गरे ।
दैनिक ज्याला मजदुरी गरि आएका विपन्न परिवारलाई अहिले कोरोनाका कारण काम ठप्प हुदा समस्या परेको समाजसेवी आरपिजंग केसीले बताए । उनका अनुसार यसरी व्यक्तिगत वा संस्थागत रुपमा आएको सहयोगले विपन्न परिवारलाई अत्यावश्यक समस्यालाई समाधान गर्न सकिने छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







