काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम प्रभावित हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अझै देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
शनिबार देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।
देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना मौसम पूर्वानुमन महाशाखाकाले जनाएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३१ कास्कीमा वर्षायाम भरी नदी तथा खानीजन्य पदार्थ (ढुंगा,…





