तस्बीरः एजेन्सी
चीनमा आजदेखि शीतकालीन ओलम्पिक सुरु हुँदैछ । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल आईओसीले यो प्रतियोगितामा ९१ देशले भाग लिने जनाएको छ । प्रतियोगितामा एक सय नौ इभेन्ट्समा दुई हजार आठ सय ७१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
२४औँ संस्करणको शीतकालीन ओलम्पिकको चीनका राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्ने छन् । उद्घाटन तथा समापन समारोह बेइजिङ राष्ट्रिय रङ्गशालामा हुनेछ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लागू गरेका स्वास्थ्यका मापदण्ड पूर्णरुपमा लागू हुने आयोजक चीनले जनाएको छ ।
शीतकालीन ओलम्पिक आउँदो फेब्रुअरी २० तारिखसम्म चल्नेछ । अमेरिका, अस्ट्रेलिया, क्यानडा, भारतलगायतका देशले यो प्रतियोगितामा कुटनीतिक बहिष्कार गर्ने घोषणा गरिसकेका छन् । भारतीय राजदूत उद्घाटन र समापन समारोहमा नजाने भारतीय विदेश मन्त्रालयलाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले ओलम्पिकको बहानामा राजनीति गरिरहेको टिप्पणी गर्नुभएको छ । पछिल्लो वर्ष भारत र चीनबीच गलवानको विषयमा विवाद भएको थियो। दुई देशबीच उच्च तहमा वार्ता भए पनि निष्कर्षमा पुग्न नसक्दा तनाव घटेको छैन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







