पोखराका ३१ स्थानबाट एकै पटक मोर्डना खोप लगाइँदै (कहाँ–कहाँ सहित)


     एभरेस्ट आवाज    
     माघ २१ गते २०७८ मा प्रकाशित




फाइल तस्विर

पोखरा । पोखरामा माघ अन्तिम साता विभिन्न ३१ स्थानमा एकैपटक कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले आज एक सुचना प्रकाशित गर्दै आगामी माघ २४ र २५ गते यसअघि कोभिड – १९ विरुद्धको मोर्डना खोपको पहिलो मात्रा प्राप्त गरेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका नागरिकलाई लक्षित गर्दै अभियान सञ्चालन गर्न लागिएको जनाएको छ ।

यसअघि मोर्डना खोप लगाएको एक महिना पुगेका सो उमेर समूहका नागरिकले खोप कार्डसहित उपस्थित हुनका लागि सूचनामा भनिएको छ ।

महाशाखाका अनुसार अमरसिंह मावि, कन्या मावि नदिपुर, गौरीशंकर मावि हेम्जा, छोरेपाटन मावि छोरेपाटन, बाराही मावि मालेपाटन, पोखरा प्रर्दशनी केन्द्र नयाँ बजार, विन्ध्यावासिनी मावि बाटुलेचौर, शहरी स्वास्थ्य केन्द्र पोखरा–२९ भण्डारढिक, शिशुवा कोभिड उपचार केन्द्र शिशुवा, शहरी स्वास्थ्य केन्द्र पोखरा – १ बगरमा माघ २४ र २५ गते अभियान सञ्चालन गरिने जनाइएको छ ।

यस्तै माघ २४ गते ताल बाराही मावि लेकसाइड, मदरल्याण्ड मावि, जनप्रिय मावि, गण्डकी आवासिय मावि, पोखरा यूनाइटेड मावि, रत्नज्योति मावि, करुणनिधि मावि, ग्लोबल कलेजियट मावि, पोखरा मावि बगर, विन्ध्यावासिनी मावि बरपाटनमा सञ्चालन गरिदै छ ।

त्यसैगरि माघ २५ गते भारती भवन मावि, सेन्ट म्यारिज आवासिय मावि, सरस्वती टिका मावि, शहिद स्मृति मावि, विन्ध्यश्वरी मावि, सगरमाथा मावि नयाँ बजार, गोगन मावि, व्रह्मा रुपा मावि, भदौरे स्वास्थ्यचौकी, सिद्द बराह मावि र भलाम स्वास्थ्यचौकीमा सञ्चालन गरिने सूचनामा उल्लेख गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।