पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका प्रधानाध्यापकहरुको जिल्ला भेला सम्पन्न भएको छ ।
कार्यक्रमका अध्यक्ष तथा नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले शैक्षिक, भौतिक, सांगठनिक, सहकारी विकासको नेतृत्वको अनुभव, चुनौति र समाधानका सुझाव, शिक्षक निय्क्ती, सरूवा, बढुवामा सहजिकरण र माध्यमिक शिक्षा कल्याणकारी कोषको कार्यप्रगति बारे रिपोर्टिङ गरेका थिए ।
सहभागी प्रधानाध्यापकहरुले सरकारको शिक्षा क्षेत्रप्रतिको उदासिनतामा सरकारलाई निरन्तर खवरदारी गर्ने, संविधान, ऐन र नियमावली संसोधन गर्नुपर्ने ,राहत, करार, उमावि, इसिडी दरवन्दीको स्थायी व्यवस्थापन गर्नुपर्ने, शिक्षक बढुवा निश्चित समयमा गर्नुपर्ने, कोभिड बीच प्रभावकारी सिकाई निरन्तर हुनुपर्ने लगायतका विषयमा छलफल भएको थियो ।
५१ जना सहभागी भएको कार्यक्रममा नेराशिसं कास्कीका उपाध्यक्ष बसुन्धरा पौडेलले स्वागत, जिल्ला समिति उपाध्यक्ष हर्कबहादुर लामिछानेले धन्यवाद र सचिव तीर्थराज ढकालले सञ्चालन गरेका थिए । त्यस्तै गण्डकी प्रदेशका अध्यक्ष राम पोख्रेल, महासंघ राष्टिय समिति सदस्य लोचना अधिकारीले मन्तव्य राखेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







