प्रधानमन्त्री देउवा र ओलीविच छलफल हुँदै, ७ महिनापछि बालुवाटार जाँदै ओली


     एभरेस्ट आवाज    
     माघ २३ गते २०७८ मा प्रकाशित




फाइलत तस्विर

माघ २३, पोखरा । प्रधानमन्त्री शेर बहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविच झण्डै एक महिना पछि भेटवार्ता हुने भएको छ ।

एमाले अध्यक्ष ओली देउवालाई भेट्न आज अपरान्ह ४ बजे बालुवाटार जाने ओलीका प्रेस विज्ञ रामशरण बजगाइँले जानकारी दिए । भेटघाटमा समसामयिक विषयमा छलफल हुने उनले बताए ।

हिजो मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका ओलीले आज देउवासँग भेटवार्ता गर्न लागेका हुन् । यसअघि पुस २४ गते ओलीलाई भेट्न देउवा बालकोट पुगेका थिए ।

प्रधानमन्त्रीबाट बहिगर्मन पछि गत असार ३० गते बालुवाटार छोडेका ओली देउवा प्रधानमन्धी भएपछि पहिलो पटक बालुवाटार आज जाँदै छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।