‘स्थानीय तहको निर्वाचन गराउन दबाब आवश्यक : उपमहासचिव ज्ञावली


     एभरेस्ट आवाज    
     माघ २३ गते २०७८ मा प्रकाशित




फाइल तस्विर : प्रदीप ज्ञवाली/ उपमहासिचव/ नेकपा (एमाले)का

बुटवल । नेकपा (एमाले)का उपमहासिचव प्रदीप ज्ञवालीले स्थानीय तहको निर्वाचन गराउन दबाब आवश्यक भएको बताए ।

रुपन्देहीको सैनामैनामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनले भने, “आगामी जेठमा स्थानीय चुनाव हुने प्रधानमन्त्रीले घोषणा गर्नुभएको छ, तर मिति तय भएको छैन, त्यसैले घोषणा नहुँञ्जेल पत्याउने अवस्था छैन ।”

उमहासचिव ज्ञवाललीले प्रतिपक्षले छिटो चुनाव गर भनिरहँदा सरकारमा भएका दल चुनावबाट भागेको आरोप लगाउँदै चुनाव कम्युनिष्टका लागि अन्तिम लक्ष्य नभइ त्यसका माध्यमबाट आर्थिक सामाजिक रुपान्तरण हुनसक्ने उल्लेख गरे ।

उनले भने, “हामी चुनावबाट सबै कुरा हिसाबकिताब गर्न चाहन्छौं।” नेता ज्ञवालीले एमसिसी देशको दुई पक्षीय हितमा हुनुपर्नेमा जोड दिँदै त्यसलाई माओवादीले गिजोल्ने काम गरेको आरोप लगाए ।

एमाले गुल्मीका इञ्चार्ज दिनेश पन्थी र रुपन्देहीका इञ्चार्ज भूमिश्वर ढकाल लगायतले एमाले कम्युनिष्ट आन्दालेनको मूल प्रवाह भएको बताए । विप्लव नेतृत्वको नेकपा गुल्मीका सेक्रेटरी खिम खड्का, नारायण पौडेललगायत व्यक्ति एमालेमा प्रवेश गरेका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।