पोखरा । नेपाली कांग्रेसको पोखरा महानगरपालिका ६ बैदाममा टोल कार्यसमिति चयन गरिएको छ । शनिबार वडा कार्यसमितिको पहलमा जेष्ठ नागिरिक सम्मान सहित टोल कार्यसमिति गठन गरेको हो ।
जीवन रेग्मीकोे सभापतित्वमा गठित समितिको उपसभापतिमा दिल श्रेष्ठ, सचिबमा मुना कोइराला पहारी , सहसचिबमा याम तिमिल्सीना , कोषाध्यक्षमा सन्दीप पहारी, र सदस्य हरूमा सुदिप गिरी , सिता पौडेल, तोड बहादुर थापा, कृष्ण पहारी र अभिनास नेपाली लगायत छन् । बाकि थप सदस्य समितिलेनै मनोनित गर्नेगरि समिति गठन भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाली काङ्ग्रेस का ससचिब शंकर ढुङ्गानाले नेपाली काङ्ग्रेसको हालको नितिनै पार्टी मजबुद बनाउने रहेकाकाले संगठनलाई सकृय बनाउने योजना रहेको बताए । आगामि जेठ महिनामा हुने स्थानिय चुनाब को तयारिको लागि हरेक वडामा सबैले टोल समिति गठन गर्नेु पर्ने ,जसले गर्दा तल्लो तहको समिति सम्म कांग्रेसका कामको बिषयमा जानकारी हुने उनको को भनाई थियो ।
नेपाली कांग्रेस पोखरा महानगर पालिका ६ का सभापति सन्तोष पौडेलले आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै कांग्रेसका सबै तह सक्रिय हुनुपर्ने बताए । उनले मतदाताहरुको नामावली थप गर्न र चुनावमा कांग्रेसका उमेदवारहरुलाई जिताउन सके मात्र लोकतन्त्र सुदृढ़ हुने कुरामा जोड दिए ।
पोखरा महानगर पालिका वडा न ६का वडा अध्यक्ष जगत बहादुर पहारीले चुनावमा कांग्रेसका उमेदवारहरुलाई जिताउन सके मात्र लोकतन्त्र सुदृढ़ हुने कुरामा जोड दिए ।
टोल सभापति हरिशचन्द्र्र पहारीको सभा अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति शिवजि कुवँर, पूर्व टोल सभापति बिरबहादुर थापा, इकाइ सदस्य दिल श्रेष्ठ, नगर सदस्य शान्ता तिमिल्सीना, सल्लाहकार तेजनारायण पराजुली, पूर्व सभापति नेत्रपाणि न्यौपाने, पूर्व सभापति दिपकबिर कुवँर, प्रदेश प्रतिनिधि लक्ष्मीबहादुर भट्टराई, क्षेत्रिय प्रतिनिधि लोकराज पहारी र सचिब प्रकाश न्यौपाने लगाएतका बक्ताहरुले कांग्रेसको विभिन्न तहका समितिहरुले विधान अनुसार विभिन्न विभाग र समितिहरु समयमै गठन गर्न र नियमित बैठक गरेर समयानुकूल निर्णय गर्नुपर्ने खाँचों औल्याएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





