ठूलठूला भ्रष्टाचार काण्डहरुको कांग्रेस नेतृत्वको सरकारले छानविन गर्नुपर्छ : सह–महामन्त्री परियार


     एभरेस्ट आवाज    
     माघ २३ गते २०७८ मा प्रकाशित




कांग्रेस सह–महामन्त्री जीवन परियारले ठूलठूला भ्रष्टाचारका काण्डहरुलाई अख्तियारको घर्राभित्र राख्न नहुने बताए । कांग्रेस नेतृत्वको सरकारले विगतमा भएका भ्रष्टाचारका काण्डहरुलाई निश्पक्ष छानविन गर्नुपर्ने बताउँदै उनले भने,‘हिजो छानविन भएन त के भो? आज गरौं, आज नभए भोलि अवश्यपनि गर्नुपर्छ र हुन्छ ।’ भ्रष्टाचारीलाई न्यायको कठघरामा राख्न सकियो भनेमात्रै कांग्रेस वास्तविक लोकतन्त्र पक्षधर हुने उनको भनाई थियो ।

सह–महामन्त्री परियारले कांग्रेस बनाउन अठोट आवश्यक पर्ने बताए । उनले भने,‘कांग्रेस बनाउने हो भने विपीकोजस्तो मागदर्शन, सुवर्ण कोइरालाकोजस्तो प्रजातन्त्रप्रतिको समर्पण, गणेशमानकोजस्तो त्याग, किसुनजीकोजस्तो निष्ठा, गिरिजाकोजस्तो चट्टानी अडान र सुशील कोइरालाकोजस्तो प्रतिबद्धता आवश्यक छ ।’

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको सभापतित्वमा भएको कार्यक्रममा पूर्व सभामुख तथा कांग्रेस नेता तारानाथ रानाभाट, अर्जुन जोशीलगायतलेपनि बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।