नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले रिष्ठ नेता पौडेलले कांग्रेससँग ३० प्रतिशत मात्रै भएकाले वर्तमान परिस्थिति बुझ्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पोखरा महानगरपालिका वडा नम्बर ३ मा स्थापना गरेको प्रदेश पार्टी कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस बरिष्ठ नेता पौडेलले गठबन्धन तोडिए एकीकृत नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमालेसँग मिल्नसक्नेतर्फ आशंका व्यक्त गरे । उनले भने,‘आजको यथार्थ भनेको कुल मतदाता मध्ये ३० प्रतिशत हो हाम्रो पार्टी कांग्रेससँग भएको मत । ७० प्रतिशत मत कांग्रेस भन्दा बाहिर छ । ७० प्रतिशतसँग ३० प्रतिशतले एक्लै हिंड्छु भन्यो भने के हुन्छ ? त्यो ७० प्रतिशत एकै ठाउँमा गयो भने के हुन्छ ? हामी एक्लै लड्छौं भनेपछि त्योबेला बाध्य भएर सबै एकैठाउँमा पुगे भने के हुन्छ ? ।’ उनले जहाँ कांग्रेस एक्लै जित्न सक्छ त्यहाँ एक्लाएक्लै लड्ने र जहाँ एक्लै लडेर जित्न सकिन्न त्यहाँ गठबन्धन गर्नुपर्ने बताए । ‘जहाँ सर्लक्कै जित्न सकिन्छ त्यसमा किन अरुलाई भाग दिन प¥यो ? त्यहाँ पर्दैन । तर जहाँ आफ्नो स्थितिपनि कमजोर छ, गठबन्धनमा आबद्ध अर्को दलकोपनि कमजोर छ । अनि दुईवटा मिलेपछि जितिन्छ भने किन नमिल्ने ?’–उनले भने ।
बरिष्ठ नेता पौडेलले एक्लै चुनाव लडिन्छ भन्ने पार्टीका नेताहरुलाई एक्लै चुनाव लड्ने क्षमतापनि बनाउन सुझाए । उनले भर्खरै सम्पन्न राष्ट्रिय सभाको चुनावमा एक्लै लडेको भए के हालत हुन्थ्यो भनेर नेताहरुलाई प्रश्नसमेत गरे । राष्ट्रिय सभाको चुनावमा भएको ३ सिटपनि गुमाउन लागेको कांग्रेसले गठबन्धनको बलमा ६ सिट प्राप्त गरेको कुरालाई नबिर्सन उनले आग्रह गरे । कसैकसैले राष्ट्रिय सभाको चुनावसम्मका लागि मात्र हो गठबन्धन भनेको कुरा आफूले सुनेको भन्दै उनले त्यसमापनि असन्तुष्टि जनाए । ‘राष्ट्रिय सभाको चुनावपछि गठबन्धनको इतिश्री भन्नेपनि सुनेँ । के त्यसपछि कांग्रेस इतिश्री हुने हो ?’–उनले प्रश्न गर्दै भने । उनले कांग्रेसलाई आगामी चुनाव लड्नका लागि मात्रै हो कि जित्नका लागिपनि चुनाव लड्ने हो भनेर प्रश्नसमेत गरेका छन् । गठबन्धन तोडेर कांग्रेस कहाँ जाने हो ? भन्दै उनले भने,‘आगामी चुनाव जित्ने हो कि हार्ने हो कांग्रेसले ? कांग्रेसजस्तो पार्टीले चुनाव लड्नका लागि मात्रै लड्ने हो कि जित्नका लागिपनि लड्ने हो ? ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





