शिक्षामा गुणस्तर सुधार्न विद्यालय मर्ज : मन्त्री बराल


     एभरेस्ट आवाज    
     माघ २३ गते २०७८ मा प्रकाशित




पोखरा २३, माघ

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले शिक्षामा गुणस्तरको लागि बिद्यालयहरुको मर्ज आवश्यक भएको बताएका छन् । नवौं राष्ट्रिय पुस्तक दिवस तथा श्री पञ्चमीको अवसरमा आइतबार पोखरा २३ हर्पनमा आयोजित शैक्षिक सामाग्रि वितरण कार्यक्रममा वोल्दै मन्त्री बरालले सामुदायिक बिद्यालयहरुको शैक्षिक सुधारको लागि मर्ज आवश्यक भएको बताएका हुन् ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्की शाखाले वसन्त पन्चमीको अवसरमा हर्पनको जनसिद्ध आधारभुत बिद्यालयमा आयोजित उक्त कार्यक्रममा वालबालिहरुलाई अक्षरआरम्भ गराउदै तथा शैक्षिक सामाग्रि समेत हस्तान्तरण गर्दै मन्त्री बरालले सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुको सङख्या कम भएकोले गर्दा पनि मर्जमा जानुपर्ने अबस्था रहेको उल्लेख गरे । उनले भने“पहिला भुुगोल, प्रविधि, बाटो लगायतका कारणले गर्दा धेरै ठाँउमा बिद्यालयहरु स्थापना भएका थिए अब आवश्यकता र बिद्यार्थी सङख्याको आधारमा बिद्यालयहरुमा लगानी गर्नुपर्ने देखिन्छ । ” घर गाउँका टाठा वाठाहरु बजार केन्द्रित हुदै निजी बिद्यालयमा आफ्नो छोराछोरी पढाउने गरेको परिपार्टीको अन्त्य नै गर्नुपर्ने मन्त्री बरालको भनाई थियो ।

समाजका हुनेखानेहरुले बजार केन्द्रित हुँदा पनि गाँउ क्षेत्रको शिक्षासंगै भौतिक विकास एवं पूर्वाधार निर्माणमा गाउँहरु पछि परेको उनको दाबी थियो । फेवाताल संरक्षणको लागि हर्पन खोलालाई नियन्त्रणको लागि सिरान भागदेखि दिर्घकालीन योजनाका साथ अघि बढाउनु पर्ने मन्त्री बरालले बताए । फेवाताल वरिपरी सिमसार क्षेत्रलाई जथभावी रुपमा पुर्नाले प्राकृतिक संकट निम्तिन सक्ने उनले चेतावनी दिए ।

महासंघका पूर्व अध्यक्ष एवं नेकपा (एकिकृत समाजवादी) कास्कीका अध्यक्ष धनराज आचार्यले पुस्तक दिवस आफ्नो कार्यकालबाट सुरु भएको बताउँदै पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए ।
महासंघ कास्कीका अध्यक्ष बैकुण्ठप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा २३ का वडा सदस्य गिता भट्टराई, बिद्यालयका प्रध्यानाध्यापक लेखबहादुर क्षेत्री, बिद्यालयका पुर्व अध्यक्ष बाबुराम पौडेल, समाजसेवी हरि भण्डारी, क्यान कास्कीका पुर्व अध्यक्ष युवराज पौडेल लगायतले पोखरा २३ हर्पन क्षेत्रको विकासमा राज्यको ध्यान कम पुगेको गुनासो गरेका थिए । महासंघले बिद्यालयका ४८ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रि तथा बिद्यालयलाई भने खेल सामाग्रि सहयोग हस्तान्तरण गरेको सचिव प्रकाश बाँस्तोलाले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।