मंगलबार गण्डकीका थप १४८ जना सहित देशभर १ हजार ९५७ जनामा संक्रमण पुष्टि


     एभरेस्ट आवाज    
     माघ २५ गते २०७८ मा प्रकाशित




गण्डकी । पछिल्लो २४ घण्टामा गण्डकीका थप १४८ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ४५२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

मंगलबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ७५ जना, तनहुँका १४ जना, गोरखाका ३ जना, लमजुङका ६ जना र नवलपुरका ५ जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका २२ जना, पर्वतका ५ जना, बाग्लुङका ६ जना, म्याग्दीका १० जना, मुस्ताङका एक जना र मनाङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ।

आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख ९४६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ५१६ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९७ हजार एक पुगेको छ। भने, अहिले प्रदेशभर २ हजार ४९३ सक्रिय संक्रमित छन् । मंगलबार पनि गण्डकीमा थप ४ जनाको मृत्यु पुष्टि भएको छ।

मृत्यु हुनेमा म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका -७ निवासी ६० वर्षीया महिला, पर्वत जिल्ला कुश्मा नगरपालिका -२ निवासी ७० वर्षीय वृद्ध, तनहुँ जिल्ला भिमाद नगरपालिका -५ निवासी ९० वर्षीय वृद्ध र स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालिका -२ निवासी ६४ वर्षीय पुरुष छन्। योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४५२ पुगेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको यो विवरणसहित देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो ।

८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३६ हजार १८१ संक्रिय संक्रमित छन् । ३४ हजार ९८३ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार १९८ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २५६ जनाको आईसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।