सरकारद्वारा फेवाताललाई संरक्षित जलाधार क्षेत्र घोषणा


     एभरेस्ट आवाज    
     माघ २५ गते २०७८ मा प्रकाशित




पोखरा । सरकारले पोखराको फेवाताललाई संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फेवाताललाई संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय भएको जानकारी दिए ।

रामसार सूचीमा सूचीकृत पर्यटकीय फेवातालको संरक्षणका लागि जलाधार क्षेत्र घोषणा गरिएको हो ।

यसअघि सवा फेवाताल संरक्षित जलाधार क्षेत्र घोषणाका लागि आवश्यक पहल गर्न सर्वोच्च अदालतले विसं २०६८ चैत २० गते र पुनः विसं २०७५ वैशाख १६ गते सरकारका नाममा आदेश जारी गरेको थियो ।

फेवा जलाधार क्षेत्रअन्तर्गत पोखरा महानगरपालिका वडा नं ३, ५, ६, ७, ८, १७, १८, २३ र २४ नम्वर वडा, त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको वडा नं १, २, ३ र ४ नं वडा पर्दछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।