मनकामना मन्दिर फागुन १ गतेदेखि खुल्दै


     एभरेस्ट आवाज    
     माघ २६ गते २०७८ मा प्रकाशित




गोरखाको मनकामना मन्दिर फागुन १ गतेबाट खुल्दैछ।

कोरोनाका कारण जारी स्मार्ट लकडाउनलाई गोरखा जिल्ला प्रशासन कार्यालयले थप खुकुलो पारेसँगै मनकामना मन्दिरमा नियमित पूजा हुने भएको हो।

मनकामना दर्शन प्रालिले प्रशासनको सूचनाअनुसार फागुन १ बाट मनकामना मन्दिरमा पूजा नियमित हुने र सोहीअनुसार केबलकार पनि संचालनमा आउने जनाएको छ।

जिल्ला प्रशासन कार्यालय गोरखाले मंगलबार एक सूचना जारी गर्दै फागुन १ गतेदेखि मठ, मन्दिर, मस्जिद, गुम्वा, चर्चलगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी एक पटकमा ५० जना भन्दा बढी भीड नहुने गरी पूजा गर्न सकिने जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।