फाइल तस्विर
पोखरा । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले पोखराका विभिन्न स्थानमा कोरोना भाइरस विरुद्धको खोप अभियानलाई जारी राखेको छ ।
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार बुधबार, बिहीबार र शुक्रबारका लागि विभिन्न २६ स्थानमा कोभिड – १९ विरुद्धको मोर्डना खोप अभियान सञ्चालन गरिएको जनाएको छ । महाशाखाले एक सुचना प्रकाशित गर्दै यसअघि पहिलो मात्रा मोर्डना खोप प्राप्त गरेको एक महिना पुरा भएका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका नागरिकलाई लक्षित गर्र्दै दोस्रो मात्राको खोप अभियानलाई जारी राखेको हो ।
महाशाखाका अनुसार महेन्द्र मावि घार्मी, बेसलाइन एकेडेमीमा बुधबार खोप अभियान सम्पन्न भएको छ ।
यस्तै बिहीबार प्रतिभा मावि, नविन मावि, पश्चिमाञ्चल मावि, शिवशक्ति मावि, श्री कृष्ण मावि, माउण्ट हेभन मावि, भद्रकाली मावि, मौजा स्वास्थ्य चौकी, नेपाल भारत मैत्री विद्यालय रामबजार, हिल प्वाइन्ट मावि, बालमन्दिर मावि, कालिका मावि, सितलादेबी मावि, शहरी स्वास्थ्य केन्द्र –१३ कुँडहर, अक्फोर्ड स्कुल, कुमिदिनी होम्स माविमा सञ्चालन गरिने छ ।
त्यसैगरि, डायमण्ड मोडल एकेडेमी ,कान्तिपुर इन्ष्टिच्युट अफ हेल्थ साइन्स, ताराकुन्ज आवासीय मावि, शु्क्रराज बलभद्र मावि, पोखरा पब्लिक स्कुल, हार्डवड एकेडेमी, रामेश्वरी मावि, सेन्ट फ्रान्सिस स्कुलमा शुक्रबार खोप अभियान सञ्चालन गरिने जनाएको छ ।
साथै महाशाखाले खोप लगाउन जाँदा अनिवार्य खोप कार्ड लिएर जान पनि अनुरोध गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्था को…







