फिफा वरीयतामा नेपालले २ स्थान सुधार गरेको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले २ स्थान सुधार गरेको हो।
नयाँ वरीयतामा नेपाल १ सय ६७ औँ स्थानमा रहेको छ। अघिल्लो वरीयतामा नेपाल १ सय ६९ औँ स्थानमा रहेको थियो। नेपालले घरेलु मैदान दशरथ रंगशालमा मरिसससँग भएको २ मैत्रीपूर्ण खेलमा जित हासिल गरेको थियो।
नेपाल दक्षिण एसियाली देशको वरीयतामा तेस्रो स्थानमा छ। नेपालभन्दा अघि भारत र माल्दिभ्स छन्। भारत १ सय ४ औँ स्थानमा रहेको छ भने माल्दिभ्स १ सय ५७ औँ स्थानमा छ। नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान छन्।
नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत् छ। यस्तै, दोस्रोमा ब्राजिल, तेस्रोमा फ्रान्स, चौथोमा अर्जेन्टिना र पाँचौँमा इंग्ल्यान्ड छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







