पोखरा । एक पछि अर्को चर्चित र्निणय गर्दे आएको गण्डकी प्रदेशकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब गण्डकी प्रदेशका अस्पतालहरुमा बायोमेडिकल ईज्नीनियरको ब्यबस्था गर्ने तयारी पनि सुरु गरेको छ ।
मन्त्रालयले स्वास्थ्य निति जारी गरेपछि निति भित्र रहेका बिषयहरुलाई एक पछि अर्को गर्दे कार्यानवयनमा लैजाने स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्गले जानकारी दिइन् । उनले अस्पताल र अस्पतालमा उपकरणमा मात्र जोड दिने तर उपकरण बिग्रीएपछि बनाउन बर्षो लाग्ने अबस्थाको अन्त्य गर्न जरुरी रहेको उनको भनाई छ । पोखरामा सुरु भएको ट्रमा केयर तालिमको उदघाटन गर्ने क्रममा मन्त्री अधिकारीले गुणस्तरीय सेवाका लागि भएका उपकरणहरु सहि अबस्थामा राख्न सक्ने हुनका लागि योग्य जनशक्ति आबस्यक रहेको मन्त्रालयले महशुस गरेकोले सोही अनुसार अगाडी बढीने बताइन् ।
स्वास्थ्य आम मानिसको पहुँचमा पुग्ने स्वास्थ्य निति बनाइएको छ , अब त्यो अनुसार काम अगाडी बढ्छः उनले भने । कोरोना संक्रमणको समयमा राज्यले स्वास्थ्यमा लगानी गरेपछि त्यो लगानीलाई दिर्घकालिन बनाउन उजुरी रहेको उनको जोड थियो ।
कार्यक्रममा मन्त्रालयका सचिव श्रीराम तिवारीले आजको अबस्थामा पहाडी ईलाकामा ट्रमाको महत्व झन बढी रहेको बताए । तालिमको उदघाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य ढकालले निःशुल्क रगत प्राप्त गर्ने ब्यबस्था आम नागरीकका लागि एक एतिहासिक महत्वको र्निणय भएको बताए । स्वास्थ्य मन्त्रालयको कार्यसम्पादनमा आफुहरु सन्तुष्ट रहेको उनको भनाई थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







