फाइल फोटो
लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अरु पार्टीको गठबन्धन भएर आए पनि एमालेले सबै निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन् ।
प्रेस चौतारी नेपाल लमजुङले आज बेँसीसहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अब आउने निर्वाचनमा एमालेका नेता कार्यकर्ता एकजुट भएर लाग्न सके अन्य पार्टीलाई सजिलै पराजित गर्न सकिने धारणा राखे ।
नीति र सिद्धान्त सही भएकै कारण एमालेलाई जनताको समर्थन रहेको उपमहासचिव गुरुङ्गले बताए । उपमहासचिव गुरुङले भने, “एमालेसँग एक्लै लड्ने क्षमता छ । अन्य पार्टीहरु गठबन्धन बनाएर आए पनि केही फरक पर्दैन ।” उनले सरकारले एमसिसी सदनमा अघि बढाओस् र गठबन्धनले धारणा बनाओस भन्दै एमालेले त्यसपछि बल्ल आफ्नो धारणा बनाउँने बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





