तनहुँको प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिर भक्तजनका लागि खुल्ला गरिएको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँको निर्णय अनुसार गत माघ ७ गतेदेखि बन्द भएको मन्दिर भक्तजनका लागि आइतबारदेखि खुल्ला गरिएको छ।
मन्दिर भक्तजनका लागि भाकल तथा दर्शनमा प्रवेश निषेध गरिए पनि दैनिक नित्यपूजा भने गरिदै आएको थियो।
स्वास्थ्य सुरक्षाका सबै किसिमका मापदण्डहरु पालना गर्ने गरी जिल्ला प्रशासनबाट निर्देशन भएअनुसार भक्तजनका लागि मन्दिर खुल्ला गरिएको हो।
मन्दिर प्रवेशका लागि अनिवार्य माक्स, भिड नगर्न र भौतिक दुरी कायम गर्नु पर्नेछ। यस मन्दिरमा तनहुँसँगै कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासी लगायत जिल्लाहरुबाट भक्तजन आउने गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







