घाँस काट्न गएकी किशोरीको चितुवाको आक्रमणबाट मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित




फाइल तस्विर ।

कार्तिक २४ बैतडी । चितुवाको आक्रमणबाट बैतडीकी एक किशोरीको मृत्यु भएको छ ।

घाँस काट्न जाने क्रममा जिल्लाको शिवनाथ गाउँपालिका ४ बगारकी १८ वर्षिया माया महताको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

डडेल्धुराको भागेश्वर गाउँपालिका १ को मर्मागाडमा घाँस काट्नका लागि गएकी उनलाई सोमबार दिउँसो साँढे २ चितुवाले आक्रमण गरेको थियो ।

यस अघि डडेल्धुराको भागेश्वरमा आइतबार मात्रै चितुवाको आक्रमणबाट १२ वर्षीय बालकको ज्यान गएको थियो । अहिलेसम्म चितुवाको आक्रमणबाट बैतडीको तल्लोसोराड क्षेत्रमा २७ जनाको ज्यान गइसकेको छ भने कैयौँ घाइते भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।