पोखरा। पछिल्लो २४ घण्टामा गण्डकीका थप ७४ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १८८ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
सोमबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २० जना, तनहुँका ४ जना, लमजुङका ११ जना र नवलपुरका ७ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, स्याङ्गजाका ९ जना, पर्वत २ जना, बाग्लुङका ८ जना, म्याग्दीका ६ जना र मनाङ जिल्लाका ७ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ।
आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख १५१६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट २३८ संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९९ हजार ३३ पुगेको छ। भने, अहिले प्रदेशभर १ हजार २४ सक्रिय संक्रमित छन् । गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४५९ रहेको निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशको यो विवरणसंगै देशभरी देशभर पछिल्लो २४ घण्टामा ७४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा ४८२ र २ हजार ४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ गरी ७४७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, गत २४ घण्टामा कोरोनाको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । सोमबार २३१९ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । हाल देशभर २० हजार ७३९ संक्रिय संक्रमित छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्था को…







