पोखरा, फागुन ४
ठगी आरोपमा पक्राउ परेका पोखरा महानगरपालिकाका कानुनी सल्लाहकार तथा अधिवक्ता कमलप्रसाद अर्याललाई बर्खास्त गरिएको छ । पोखरा महानगरपालिकाको नगर प्रमुख स्तरीय निर्णयबाट कानूनी सल्लाहकार तथा बरिष्ठ अधिवक्ता अर्याललाई पदमुक्त गरिएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका प्रेस संयोजक माधब बरालले जानकारी दिए ।
अर्याललाई मंगलबार प्रहरीले ठगी मुद्धामा पक्राउ गरेको थियो । उनीमाथि अन्नपूर्ण गाउँपालिकाको न्यायिक समितिले गरेको भैंसी चोरी सम्बन्धी मुद्धामा न्यायाधीसलाई सेटिङगरेर मिलाई दिने भन्दै पैसा लिएको आारोप छ ।
महानगरको तर्फबाट मेयर जिसीका प्रेस संयोजक बरालले जारी गरेको विज्ञप्तीमा घटनाको निष्पक्ष छानबिनका लागि सरोकार तथा सम्वद्ध निकायलाई आग्रह गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







