प्रतिकात्मक तस्बीर
नेपाली काँग्रेस कास्कीले महासमिति सदस्यको निर्वाचन यही फागुन १० गतेभित्र गर्ने निर्णय गरेको छ।
केन्द्रीय समितिको परिपत्रअनुसार १० गतेभित्र महासमिति सदस्य निर्वाचन गरिसक्ने निर्णय गरेको कास्की काँग्रेसले जनाएको छ।
नेपाली काँग्रेसको विधान अनुसार प्रतिनिधी सभाको एउटा क्षेत्र बराबर २५ जना महाधिवेशन प्रतिनिधी हुन्छन्। एउटा निर्वाचन क्षेत्रबाट ११ जना मात्र महासमिति सदस्य निर्वाचित हुनेछनु। महासमिति सदस्य छान्न फेरी क्षेत्रीय प्रतिनिधीको भेला गरेर निर्वाचन गर्नुपर्नेछ।
नेपाली काँग्रेसमा महाधिवेशनपछिको ठूलो निकाय महासमिति हो। महाधिवेशन पश्चात पार्टीले गरेका निर्णयहरु महासमितिबाट अनुमोदन गर्नुपर्ने व्यवस्था काँग्रेसले विधानमा व्यवस्था गरेको छ।
काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकले दलित समुदायको निशुल्क स्वास्थ्य बीमा गर्न सरकारसँग माग राखेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





