स्थानीय तह निर्वाचनका लागिआजदेखि दल दर्ता


     एभरेस्ट आवाज    
     फागुन ५ गते २०७८ मा प्रकाशित




निर्वाचन आयोगले दल दर्ता का लागि आह्वान गरेको छ।

आयोगले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको हो।

आजदेखि यही फागुन १५ गतेसम्म दल दर्ताको समय निर्धारण गरिएको छ। स्थानीय तह निर्वाचन आउँदो वैशाख ३० गते हुने निर्णय भइसकेको छ। उक्त निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले दल दर्ता गराउनुपर्नेछ।

हाल निर्वाचन आयोगमा १०३ वटा दल दर्ता छन्। ती दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउनुपर्ने व्यवस्था छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।