पोखरा, फागुन ५
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखरामा बृहद आमसभा गर्ने भएको छ । राप्रपा कास्कीको आयोजनामा पोखरामा यहि फागुन ७ गते शनिबार बृहद आमसभा हुने भएको हो । पोखराको चिप्लेढुंगामा बृहद आमसभा गर्ने तयारी गरेको राप्रपा कास्कीले विहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । बृहद आमसभा अघि पोखराको पृथ्वीचोकबाट ¥याली निकालिने राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले जानकारी दिए । पृथ्वीचोकबाट निस्केको ¥याली सभागृहचोक, न्यूरोडहुँदै चिप्लेढुंगा मानवअधिकार चोकमा आएर आमसभामा परिणत हुने उनले जानकारी दिए ।
पोखरामा हुने आमसभालाई राप्रपाका शीर्ष नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । आमसभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिंग्देन, बरिष्ठ नेता तथा निवर्तमान अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, उपाध्यक्षद्वय विक्रम पाण्डे, हेमजंग गुरुङ, धार्मिक\भ्रष्टाचारबिरुद्धका अभियन्ता पुष्पराज पुरुष, ज्ञानेन्द्र शाही, अभिषेक जोशीलगायतले सम्बोधन गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







