पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ हुने भएको छ । ३५ वर्ष माथि सिनियर भेट्रान्स तथा भेट्रान्स विगिनर गरि दुई वटा इभेण्टमा प्रतिस्पर्धा हुने आयोजक संघका सचिव नविन श्रेष्ठले जानकारी दिए ।
नवप्रवेशितर्फको भेट्रान्स प्रतिस्पर्धा फागुन ८ देखि हुनेछ । त्यस्तै फागुण १० देखि सिनियर तर्फको प्रतिस्पर्धा शुरु हुनेछ । नवप्रवेशितर्फका सेमिफाइनलिष्टले सिनियरतर्फको मुख्य प्रतिस्पर्धामा भाग लिन पाउने आयोजक संघले जनाएको छ । प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोश्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।
डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । नवप्रवेशितर्फका विजेता र उपविजेताले ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । फागुण १४ सम्म चल्ने प्रतियोगिताका लागि आयोजक संघले शक्ति शर्मालाई टुर्नामेण्ट डाइरेक्टरमा चयन गरेको छ ।
रेवानले यो प्रतियोगितालाई वार्षिक कार्यक्रममा राखेको छ । प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिंदै राष्ट्रिय स्तरको बनाइने रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । खेलकुदका मार्फत पर्यटन प्रवद्र्धनका लागि टेनिसलाई सहयोग गरेको उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







