बागलुङको बडिगाड गाउँपालिकामा ७ देखि २६ फागुनसम्म बृहत जनस्वास्थ्य अभियान संचालन गरिदैँ छ।
बडिगाड पालिकाको आयोजनामा विशेषज्ञ डाक्टरसहित पालिकाभित्रका १६ स्थानमा जनस्वास्थ्य अभियान सुरु गर्न लागिएको हो।
१६ जना विशेषज्ञ डाक्टरसहित संचालन गरिने अभियानमा हड्डी, नाक, कान, घाँटी, स्त्रीरोग तथा प्रसूति, छाला, आँखा तथा मानसिक रोगलगायतका सेवा संचालन गरिने गाउँपालिकाले जनाएको छ। गाउँपालिका अनुसार अभियानमा रेडियोलोजिस्टबाट भिडियो एक्सरे, एकीकृत स्वास्थ्य सेवा व्यवस्था गरिने छ।
गण्डकी मेडिकल कलेज पोखराको सहकार्यमा बडिगाड गाउँपालिकाभित्रका भीमगिठे, ग्वालीचौर, जलजला र खर्वाङमा बृहत् स्वास्थ्य सेवासहित क्रमशः ८, ९, १० र ११ फागुनमा संचालन गर्ने तयारी छ। पालिकाभित्रको टुनीबोटमा ७ फागुन, दर्लिङखोलामा १२, खालामा १३, दाँगमा १४, दगातुन्डाँडामा १७, सिसाखानीमा १८, खारखोलामा १९, झुलेडाँडामा २०, रणसिंह किटेनीमा २२, भेडीखोरमा २३, दोभानमा २४ र ग्वालीचौरमा २५ फागुनमा स्वास्थ्य जाँचसहित जनस्वास्थ्य अभियान चलाउने कार्यतालिका बनाइएको छ।
अभियानमा ४० वर्षमाथिका सबै नागरिकको मिर्गौला जाँच, महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको जाँच, मधुमेह जाँच गर्ने व्यवस्था मिलाइएको पालिकाको स्वास्थ्य शाखाले बताएको छ। त्यस्तै, ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई भेला गरेर नसर्ने रोगविरुद्धको सचेतना तथा अभिमुखीकरण कार्यक्रम, सुनौला हजार दिनभित्रका आमाको भेलामा गर्भवतीको भिडियो एक्सरे तथा स्वास्थ्य शिक्षा सञ्चालन गरिनेछ।
परिवार नियोजनका साधन नरप्लान्ट, कपर–टीलगायत राख्ने कार्यक्रम छ। बडिगाड पालिकाको आन्तरिक स्रोत तथा ससर्त अनुदान कार्यक्रमअनुसार स्वास्थ्य अभियान संचालन गरिन लागेको गाउँपालिकाले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







