आइसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटमा आज (शुक्रबार) नेपालले ओमानसँग खेल्दैछ।
खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे शुरु हुनेछ।
नेपालले आज ओमानलाई हराउन सके सेमिफाइनलमा पुग्ने संभावना बलियो बनाउने छ। आज जिते सेमिफाइनल खेल्न क्यानडा वा फिलिपिन्समध्ये एकलाई हराए पुग्नेछ।
यदि, आजको खेल हारेमा बाँकी २ खेल जित्नै पर्ने दबाब नेपालसामु हुनेछ। ओमानमा भएको ४ देशीय टी–२० शृंखलामा नेपालले ओमानलाई हराएको थियो। तर, यूएई र आयरल्यान्डसँग पराजित बनेको थियो। ग्लोबल छनोटबाट फाइनलमा पुग्ने २ टोलीले आउँदो अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्नेछन्।
ग्लोबल छनोटमा ८ देश सहभागी छन्। ती देशहरुलाई २ समूहमा विभाजन गरिएको छ। आयरल्यान्ड, यूएई, बहराइन र जर्मनी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ मा छन्। नेपालले भोलि फिलिपिन्ससँग खेल्नेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







